
झापा । झापाको बिर्तामोड–५ मा आज साँझ भएको झैझगडामा एक जनाको ज्यान गएको छ । मृत्यु हुनेमा सोही स्थानका ३० वर्षीय जगन राजबंशी रहेका छन् ।
झगडाका क्रममा कुटपिटबाट गम्भीर घाइते भएका राजबंशीलाई आफन्तहरूले उपचारका लागि बिर्तामोडस्थित बिएण्डसी अस्पताल लगेकोमा चिकित्सकले उनलाई मृत घोषणा गरेका हुन् ।
घटनाबारे जानकारी प्राप्त भएपछि इलाका प्रहरी कार्यालय अनारमनीबाट प्रहरी टोली घटनास्थलतर्फ खटिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
प्रहरीका अनुसार मृतकको शव हाल बिएण्डसी अस्पतालमै राखिएको छ । घटनामा संलग्न व्यक्ति पहिचान भइसकेको र उनको खोजतलास भइरहेको प्रहरीले जनाएको छ ।

