HomeUncategorizedझापामा सरोज शर्माको हत्या : ४–५ जनाको समूह संलग्न भएको प्रहरीको प्रारम्भिक...

झापामा सरोज शर्माको हत्या : ४–५ जनाको समूह संलग्न भएको प्रहरीको प्रारम्भिक निष्कर्ष

Date:

झापा । शिवसताक्षी–१० माईधारका सरोज शर्माको हत्या ४–५ जनाको समूहले गरेको खुलासा भएको छ । पक्राउ परेका दुई आरोपितले प्रहरीसमक्ष यस्तो बयान दिएका हुन् ।

प्रहरीले पक्राउ गरेका माईधारका २५ वर्षीय सुनिल साह र सोही ठाउँका राहुल साहले शर्माको हत्या समूहकै संलग्नतामा भएको बताएका छन् ।

३३ वर्षीय सरोज शर्मा कात्तिक ९ गते आइतबार दिउँसो घरमा कसैलाई नभनी बागमती प्रदेश–०१–०३० च ७१०४ नम्बरको कार लिएर घरबाट निस्किएका थिए । त्यसपछि उनी वेपत्ता भएका थिए ।

चार दिनपछि बिहीबार बिहान करिब १०ः४० बजे मेचीनगर–१३ हातेमालो सामुदायिक वनको निचाझोडा क्षेत्रमा, चारआली–भद्रपुर सडकखण्डबाट करिब २०० मिटर पश्चिम, शर्माको कार जलिरहेको अवस्थामा फेला परेको थियो ।

झापा प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ ।

Latest stories

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here