
झापा । झापामा महिला प्रहरीकाे रूपमा पहिलाे पटक जिल्ला प्रहरीकाे कमाण्ड समाल्न आएकी प्रहरी उपरीक्षक (एसपी) बसुन्धरा खड्काले चुनावी सुरक्षा याेजना लगायतका विषयमा कुनै कसर बाँकी नराख्ने बताएकी छन् ।
मंगलबार दिउँसो जिल्ला प्रहरी कार्यालय झापाका पत्रकारसँग आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्यकाे चुनावी सुरक्षा याेजना, खुल्ला सीमा नाका, तस्करी, लागूऔषध लगायतका विषयमा प्रहरी उच्च मनाेबलका साथ अगाडि बढ्ने बताएकी हुन् ।
यसअघिका झापाका एसपी राजन लिम्बूकाे काठमाडौंमा सरूवा भएपछि जिल्लाकाे ४७ औं एसपीका रूपमा आएकी खड्काले चुनावमा हुने हरेक गतिविधि सुष्म ढंगले अध्ययन गरि गाउँ-गाउँमा सादा पाेशाकका प्रहरी परिचालन गरिने उनकाे भनाई छ ।
उनका अनुसार उम्मेदवारहरूलाई थ्रेट भएमा तथा अन्य शंकास्पद क्रियाकलाप सादा पाेशाकमा प्रहरी खटिने छ ।
जिल्लामा भएका करिव १२ सय प्रहरी र थप प्रहरीहरू समेत मगाइएकाे छ ।
झापाका प्रमुख जिल्ला अधिकारीकाे नेतृत्वमा रहेकाे सुरक्षा समिति र जिल्ला प्रहरी माताहतकाे प्रहरी, अन्य सुरक्षा फाैजले पनि आ-आफ्नो तरिकाले चुनाव लक्षित सुरक्षा याेजना बनाएको एसपी खड्काे भनाई छ ।
´गत भदाै २३ र २४ गतेकाे जेनजी आन्दोलनपछि अझै हराइरहेका १६ नाल बन्दुक र फरार थुनुवाहरूलाई खाेज्ने काम भइरहेको छखड्काले भनिन् -´लाइसेन्स भएका बाहेकका हराएका हतियार र फरार रहेका थुनुवाबाट चुनावमा कुनै पनि घट्ना हुन नदिनेमा प्रहरी र सुरक्षाकर्मी सचेत रहेकाे छ ।
उनले नेपाल-भारतकाे खुल्ला सीमा नाकाबाट हुने चाेरी पैठारी, लागूऔषध, विभिन्न प्रकारका तस्करी नियन्त्रण गरिने दावी गरिन् ।
एसपी भएपछि तेस्राे जिल्लाकाे कमाण्ड समाल्न झापा आइपुगेकाे बताएकी छन् ।
पत्रकार सम्मेलनकाे सहजीकरण झापा प्रहरीका डिएसपी एवम् प्रवक्ता खगेन्द्रकुमार खड्काले गरेका थिए ।

