HomeUncategorizedझापाको बिर्तामोडमा बस दुर्घटना, दर्जनौँ यात्रु घाइते

झापाको बिर्तामोडमा बस दुर्घटना, दर्जनौँ यात्रु घाइते

Date:

विर्तामोड । झापाको पूर्व–पश्चिम राजमार्गस्थित बिर्तामोड–६ बुट्टवारीमा भएको बस दुर्घटनामा दर्जनौँ यात्रु घाइते भएका छन्। पश्चिमतर्फबाट काकडभिट्टातर्फ जाँदै गरेको एभरेस्ट यातायातको प्रदेश १–०१–००१ ब ४४५९ नम्बरको बस केहीबेरअघि अनियन्त्रित भई पल्टिएको हो। घाइते यात्रुहरूलाई उद्धार गरी तत्काल उपचारका लागि नजिकैको अस्पताल पठाइएको ट्राफिक प्रहरीले जनाएको छ। घटनास्थलमा खटिएका प्रहरीका अनुसार घाइतेहरूको सटीक संख्या पुष्टि हुन बाँकी छ।

Latest stories

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here