HomeUncategorizedजेन–जीका माग पूरा नभएसम्म निर्वाचन सम्भव छैन : सुदन गुरुङ

जेन–जीका माग पूरा नभएसम्म निर्वाचन सम्भव छैन : सुदन गुरुङ

Date:

काठमाडौं । जेन–जी प्रतिनिधि सुदन गुरुङले जेन–जीले राखेका मागहरू पूरा नभएसम्म निर्वाचन सम्भव नहुने चेतावनी दिनुभएको छ ।

आज बिहान लैनचौरस्थित खड्का ल्याण्ड प्रालिले सञ्चालन गर्दै आएको नेपाल स्काउटको जग्गामा रहेका संरचना हटाउने क्रममा पुगेका गुरुङले सुशासन र अधिकार सुनिश्चितताका लागि जेन–जीले अघि सारेका मागहरू तत्काल पूरा गर्नुपर्ने आवश्यकता औंल्याए ।

उहाँले केही बाहेकका सबै जेन–जीहरू एउटै मोर्चामा रहेको बताउँदै माग पूरा नभए अर्को चरणको आन्दोलनमा जाने चेतावनी दिएका छन ।

गुरुङले सरकारले जेन–जीका मागप्रति बेवास्ता गर्दै केवल निर्वाचनको रटान दोहोर्याइरहेको आरोप लगाए । उनका अनुसार माग सम्बोधन नगरी गरिएको निर्वाचनले देशमा थप असन्तोष र अस्थिरता निम्त्याउने छ ।

Latest stories

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here