HomeUncategorizedजेनजी आन्दोलनका क्रममा तोडफोड र आगजनी घटनामा संलग्नको अनुसन्धान तीव्र पार्ने तयारी

जेनजी आन्दोलनका क्रममा तोडफोड र आगजनी घटनामा संलग्नको अनुसन्धान तीव्र पार्ने तयारी

Date:

काभ्रेपलाञ्चोक । गत भदौ तेस्रो साता भएको जेनजी आन्दोलनका क्रममा तोडफोड एवं आगजनी घटनाको काभ्रे प्रहरीले उजुरीका आधारमा अनुसन्धान गर्ने जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय धुलिखेलमा परेको छ वटा निजी संरचनामा भएको क्षतिबारे उजुरी परेपछि विशेष अनुसन्धान सुरु गरिएको जनाइएको छ । कार्यालयले हालसम्म जुटेको प्रमाणका आधारमा थप अनुसन्धान गरी पक्राउ गर्नेसमेतको योजना बनाएको हो । कार्यालयले आफ्नो मातहतको इलाका प्रहरी कार्यालय बनेपा तोडफोड, आगजनी तथा लुटपाटमा संलग्न ११ जनालाई भने पक्राउ गरी कारबाहीसहित थप अनुसन्धान गरिरहेको जनाएको छ । जाहेरीबाहेक अन्य सरकारी संरचनामा क्षति पुगेको तथा पुर्याउनेबारे अनुगमन, निरीक्षण तथा अनुसन्धान भइरहेको कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक रवीन विष्टले राससलाई बताए ।

उनका अनुसार ठूला चाडबाडले केही सुस्ताए पनि अब अनुसन्धानलाई तीव्रता दिइनेछ । प्रहरीले विभिन्न स्थानमा ध्वंसात्मक गतिविधि मच्चाउने र त्यस कार्यमा संलग्न गराई उक्साउनेको पहिचान र प्रमाणका आधारमा पक्राउ गर्ने योजना बनाएको हो ।

Latest stories

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here