HomeUncategorizedजडिबुटीमा रोकिएको बसमा स्कुटर ठोक्किँदा दुई युवाको मृत्यु

जडिबुटीमा रोकिएको बसमा स्कुटर ठोक्किँदा दुई युवाको मृत्यु

Date:

काठमाण्डौको जडिबुटीमा रोकिराखेको बसमा स्कुटर ठोक्किँदा दुई जनाको ज्यान गएको छ । ज्यान गुमाउनेमा स्कुटरमा सवार दुई जना रहेका जिल्ला प्रहरी परिसर काठमाण्डौका प्रवक्ता अपिलराज बोहोराले जानकारी दिए ।

दुर्घटनामा नवलपरासीको सुनवल नगरपालिका—१ घर भइ भक्तपुरको लोकन्थली बस्ने २२ वर्षीय शिरिस पौडेल र स्कुटरको पछाडि बस्ने काभ्रेपाञ्चोक पाँचखाल–२  होस्के घर भएका २३ वर्षका नितेश नेपालको ज्यान गएको हो ।

गएराति जडिबुटीमा रहेको आकाशे पुल नजिकै सडकछेउमा रोकिराखेको बा प्र ०१,००६ ख ४२४३ नम्बरको बसको पछाडिपट्टिको भागमा लु ४३ प ४९३८ नम्बरको स्कुटर ठोक्किएको थियो ।

बस चालक दोलखाको भिमेश्वर नगरपालिका–७ घर भइ काडाँघारी बस्ने २५ वर्षका सुभाष तामाङलाई पक्राउ गरेर अनुसन्धान अघि बढाएको एसपी बोहोराले बताएका छन् ।

Latest stories

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here