HomeUncategorizedघिसिङ नेतृत्वमा नयाँ राजनीतिक दल दर्ता गर्ने अन्तिम तयारी

घिसिङ नेतृत्वमा नयाँ राजनीतिक दल दर्ता गर्ने अन्तिम तयारी

Date:

कुलमान घिसिङ नेतृत्वमा नेपाल जनसेवा पार्टी गठनको लगभग टुंगो लागेको छ।

घिसिङ अहिले अन्तरिम सरकारमा ऊर्जा, सहरी विकास र भौतिक पूर्वाधार मन्त्री छन्।

घिसिङको नेतृत्वमा उज्यालो नेपाल पार्टी गठन गर्न छलफल भए पनि केहीले उक्त नाम नराख्न सुझाव दिएका थिए।

सुमना श्रेष्ठसहित केही नेताहरूले उज्यालो नेपाल पार्टी नाम राख्दा एक जनाको पार्टीजस्तो देखिने भन्दै फरक नाममा पार्टी गठनको सुझाएका थिए। त्यसकारण नेपाल जनसेवा पार्टी नाम राख्नेबारे लगभग सहमति भएको हो।

आज भरै र भोलि पनि छलफल गरेर जनसेवा पार्टी निर्वाचन आयोगमा दर्ताका लागि निवेदन दिने तयारी रहेको घिसिङनिकट स्रोतले जनाएको छ।

अहिले घिसिङ मन्त्री रहेकोले नेतृत्व खुलाएर जाने कि नजाने भन्नेबारे निर्णय भइसकेको छैन। तर घिसिङ आफ्नो नेतृत्वमा नयाँ दल खोल्ने मनस्थितिमा छन्।

यो कुलमानजी नेतृत्वको पार्टी हो तर अहिले नेतृत्व नखुलाउने, पदाधिकारी पनि नराख्ने र केन्द्रीय सदस्यहरू मात्रै राखेर दल दर्ता निवेदन दिने तयारी छ,’ उक्त स्रोतले भन्यो, ‘अरू पार्टीबाट आएकालाई पदाधिकारी नराख्ने भन्ने पनि छ, थप छलफलपछि निर्णय होला।’

जनसेवा पार्टीलाई काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहको पनि समर्थन रहने उक्त स्रोतको दाबी छ। ‘अहिले बालेनजीको पनि समर्थन रहन्छ तर उहाँ प्रत्यक्ष रूपमा जोडिनुहुन्छ कि हुन्न यकिन छैन,’ उक्त स्रोतले भन्यो।

Latest stories

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here