HomeUncategorizedगौरादह नगरपालिकामा तिज विशेष भोज, कर बढाएर जनता माथि बोझ — आलोचनाको...

गौरादह नगरपालिकामा तिज विशेष भोज, कर बढाएर जनता माथि बोझ — आलोचनाको चर्को स्वर

Date:

गौरादह — जनतामाथि महङ्गो करको भार थोपरेको आरोप खेपिरहेको गौरादह नगरपालिकाले हिजो तिज विशेष भन्दै करिब एक लाख रुपैयाँ खर्च गरी जनप्रतिनिधि तथा कर्मचारीलाई भोज खुवाएको छ।

सार्वजनिक रकम खर्च गरी भोज आयोजना गरिएको समाचार बाहिरिएपछि स्थानीय बजारदेखि सामाजिक सञ्जालसम्म यसको चर्को आलोचना भएको छ। नागरिकले प्रश्न उठाएका छन् — “जनताले कर तिर्छ, नेताले भने त्यो पैसामा भोज खान्छन्—यो नै गणतन्त्रको उपलब्धि हो?”

करवृद्धिप्रति असन्तुष्टि
गौरादह नगरपालिकाले अघिल्लो वर्षको तुलनामा मालपोत कर, घरबहाल कर, सडक सम्पत्ति कर, भूमि कर लगायतका करहरूमा उल्लेख्य वृद्धि गरेको गुनासो स्थानीयले गरेका छन्।
विशेषगरी, सामान्य घरधनीले वर्षेनि ७ देखि १० हजार रुपैयाँसम्म सम्पत्ति कर तिर्नुपर्ने बाध्यताले जनतामा आक्रोश छ।

वडास्तरमै पनि करवृद्धिको विषय उठान भएको छ। नागरिकको भनाइमा, नेपालका अन्य नगरपालिकाभन्दा गौरादहले चार गुणा बढी कर थोपरेको छ, तर गुनासो सुन्ने निकाय कमजोर छ।

सामाजिक प्रतिक्रियाहरू
भोजमा करिब एक लाख रुपैयाँ खर्च भएको अनुमान गर्दै स्थानीय बासिन्दाहरूले यो निर्णयलाई गैरजिम्मेवार व्यवहार भनेका छन्।
लायन्स क्लब अफ गौरादह युनाइटेडका अध्यक्ष तथा जेसीजका पूर्वअध्यक्ष, गौरादह–५ निवासी तारा कुमार श्रेष्ठका अनुसार,
“पालिकाले सार्वजनिक रकम सर्वसाधारणलाई समेट्ने गरी बृहत् कार्यक्रम, सांस्कृतिक प्रस्तुति वा नृत्य प्रतियोगितामा खर्च गर्न सकिन्थ्यो। तर भोजभतेर गर्नु गैरजिम्मेवार निर्णय हो।”

उनले प्रशासकीय काममा देखिने फेलोशिप भए पनि जनतामुखी सेवामा कमी भएको टिप्पणी गरेका छन्।

आधिकारिक प्रतिक्रिया छैन
यस घटनापछि प्रमुख बजार क्षेत्रमा करवृद्धिको विरोध र ध्यानाकर्षण समेत गरिएको छ। तर गौरादह नगरपालिकाले भने अहिलेसम्म यस विषयमा अधिकारिक प्रतिक्रिया दिएको छैन।

Latest stories

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here