HomeUncategorizedगौरादहमा पहिलो पाइला नेपालद्वारा बृहत् रक्तदान कार्यक्रम सम्पन्न

गौरादहमा पहिलो पाइला नेपालद्वारा बृहत् रक्तदान कार्यक्रम सम्पन्न

Date:

गौरादह । सामाजिक संस्था पहिलो पाइला नेपाल गौरादह शाखाको आयोजनामा आइतबार गौरादह–९, बैगुन्धरा बजारमा बृहत् रक्तदान कार्यक्रम सम्पन्न भएको छ।

कार्यक्रमका प्रमुख अतिथि गौरादह नगरपालिका–९ का वडाध्यक्ष उपेन्द्र निरौला रहनु भएको थियो। त्यस्तै, अतिथिहरुमा रेडक्रस सोसाइटी दमक उपशाखाका प्रर्वतक सिद्धार्थ दाहाल, गौरादह उपशाखाका प्रतिनिधि भरत गौतम, पहिलो पाइला दमक शाखाका अध्यक्ष राजु निरौला, समाजसेवी, स्वास्थ्यकर्मी तथा विभिन्न संघ–संस्थाका प्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

कार्यक्रमको संयोजन संस्थाका सहकोषाध्यक्ष एलिजा भेटवाल र सञ्चालन सचिव प्रदिप धमलाले गर्नुभएको थियो। भेटवालले रक्तदानलाई मानवसेवाको सर्वोच्च रूपका रूपमा व्याख्या गर्दै “रक्तदान केवल जीवन बचाउने कार्य होइन, यो समाजप्रति हाम्रो उत्तरदायित्वको प्रतीक हो। हामी निरन्तर रक्तदान अभियानलाई नियमित रूपमा अघि बढाउनेछौं।”

त्यस्तै, पहिलो पाइला दमक शाखा अध्यक्ष राजु निरौलाले, हालसम्म ४२ पटक रक्तदान गरिसकेको बताउँदै भने —

“रक्तदान स्वास्थ्यका लागि फाइदाजनक मात्र होइन, कसैको जीवन बचाउने महान् कार्य पनि हो। प्रत्येक स्वस्थ व्यक्तिले नियमित रूपमा रक्तदान गर्नुपर्छ।” कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी दमक उपशाखाले प्राविधिक सहयोग प्रदान गरेको थियो। रक्तदाताहरुलाई प्रमाणपत्र वितरण समेत गरिएको थियो।

स्थानीय समुदायको सक्रिय सहभागिता र युवाहरूको उत्साहजनक उपस्थितिले कार्यक्रमलाई उत्सवमय र सफल बनाएको संस्थाका अध्यक्ष भुपेन्द्र निरौला बताए ।

Latest stories

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here