HomeUncategorizedगण्डकीसहितका उच्च पहाडी क्षेत्रमा भारी वर्षा र हिमपातको सम्भावना, सतर्क रहन आग्रह

गण्डकीसहितका उच्च पहाडी क्षेत्रमा भारी वर्षा र हिमपातको सम्भावना, सतर्क रहन आग्रह

Date:

काठमाडौँ । हाल देशभर पश्चिमी वायुको प्रभावसहित अरब सागरमा बनेको न्यून चापीय प्रणालीको असर देखिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यसको प्रभावले देशभर सामान्यतया बदली देखिएको छ भने गण्डकी र बागमती प्रदेशका केही स्थानहरूमा छिटपुट वर्षा भइरहेको छ ।

महाशाखाका अनुसार आज दिउँसो गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका साथै बाँकी पहाडी भूभागमा सामान्य बदली रहनेछ भने तराई क्षेत्रमा आंशिक बदली रहनेछ । गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानहरूमा मध्यम वर्षासहित हिमपात हुन सक्ने सम्भावना छ । साथै गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा भारी वर्षा र हिमपात हुने पूर्वानुमान गरिएको छ ।

आज राति पनि बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशलगायतका पहाडी भूभागमा सामान्य बदली रहनेछ भने तराई क्षेत्रमा आंशिक बदली रहनेछ । गण्डकी प्रदेशका केही स्थानहरूमा र बागमती, लुम्बिनी, कर्णाली प्रदेशका पहाडी तथा हिमाली भागहरूमा मध्यम वर्षासहित हिमपात हुने सम्भावना छ ।

महाशाखाले गण्डकी प्रदेशका उच्च पहाडी क्षेत्रमा भारी वर्षा र हिमपातको जोखिम रहेको भन्दै ती क्षेत्रमा जनजीवन, पर्वतारोहण, कृषि तथा पर्यटन गतिविधिमा असर पर्न सक्ने भन्दै आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ ।

Latest stories

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here