HomeUncategorizedकिएभमा रुसी हवाई आक्रमण : सहर अन्धकारमा, ऊर्जा आपूर्ति ठप्प, बालबालिका र...

किएभमा रुसी हवाई आक्रमण : सहर अन्धकारमा, ऊर्जा आपूर्ति ठप्प, बालबालिका र वृद्धहरू सुरक्षित स्थानतर्फ सारिँदै

Date:

किएभ । युक्रेनको राजधानी किएभ शुक्रबार बिहान रुसको तीव्र हवाई आक्रमणपछि अन्धकारमा डुबेको छ । उक्त आक्रमणका कारण सहरको पानी र ऊर्जाको आपूर्ति पूर्णरूपमा अवरुद्ध भएको युक्रेनी वायु सेनाले जनाएको छ । सेनाले यस आक्रमणलाई ‘ठूलो हमला’ भन्दै सर्वसाधारणलाई सुरक्षित स्थानमा रहन आग्रह गरेको छ ।

क्रेमलिनले हालका हप्ताहरूमा युक्रेनका ऊर्जा पूर्वाधार र रेल प्रणालीहरूलाई निरन्तर निशाना बनाइरहेको छ, जसले अघिल्ला तीन जाडोयाममा भएका समान आक्रमणहरूको पुनरावृत्ति झल्काएको छ । ती अभियानहरूले युक्रेनी नागरिकहरूलाई चिसो मौसममा तताउने साधनविहीन बनाएको थियो

अधिकारीहरूले त्यसले स्थानीय जनजीवनमा कुनै खतरा नपरेको बताएका छन् ।

लगातारका ड्रोन आक्रमणहरूका कारण युक्रेनी सरकारले पूर्वी डोनेट्स्क क्षेत्रको क्रामटोरस्क सहरबाट बालबालिका र अभिभावकहरूलाई निकासी गर्न आदेश दिएको छ । त्यस्तै, नजिकैको स्लोभियान्स्कका मेयरले पनि ऊर्जा पूर्वाधारमाथि भइरहेका निरन्तर आक्रमणका कारण बालबालिका र वृद्धहरूलाई सुरक्षित स्थानमा सार्न आग्रह गरेका छन् ।

युक्रेनी अधिकारीहरूका अनुसार रुसले हाल साना, सस्ता र पहिलो–व्यक्ति–दृश्य ड्रोनहरू व्यापक रूपमा प्रयोग गर्न थालेको छ, जसले युद्धको स्वरूपलाई तीव्र गतिमा परिवर्तन गरेको छ ।

प्रधानमन्त्री युलिया स्विरिडेन्कोको नेतृत्वमा युक्रेनी प्रतिनिधिमण्डल आगामी हप्ता संयुक्त राज्य अमेरिकाको भ्रमणमा जाने तयारीमा रहेको छ । भ्रमणमा ऊर्जा, हवाई सुरक्षा र रूसी आक्रमणका विरुद्ध सहयोगबारे छलफल हुने अपेक्षा गरिएको छ ।

यसैबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले वासिङ्टन र नेटो सहयोगीहरूले युक्रेनमा युद्ध अन्त्यका लागि ‘दबाब बढाइरहेको’ बताए । यद्यपि उनले रुसका राष्ट्रपति भ्लादिमिर पुटिनसँग वार्ता गर्ने प्रयास गरे पनि अहिलेसम्म युद्धविराममा सहमति हासिल हुन सकेको छैन ।

ट्रम्पले गत अगस्टमा अलास्कामा पुटिनलाई स्वागत गर्नुभएको थियो । त्यसपछि युक्रेनमा रुसी आक्रमण अझ तीव्र भएको थियो । रुसले यस हप्ताको सुरुमा ‘शान्ति सम्झौताको प्रक्रिया ठप्प भएको’ बताएको छ ।

Latest stories

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here