Stay Tuned!

Subscribe to our newsletter to get our newest articles instantly!

Uncategorized

काभ्रेको दूध संकलन भ्यान सुनकोशीमा खस्यो, चालक वेपत्ता

काभ्रेपलाञ्चोक । दूध संकलन गर्ने भ्यान अरनिको राजमार्गबाट सुनकोशी नदीमा खस्दा चालक बेपत्ता भएका छन् । अरनिको राजमार्ग अन्तर्गत सिन्धुपाल्चोकको बलेफी गाउँपालिका–५ बाट आज बिहान करिब ५:२० बजे भ्यान सुनकोशी नदीमा खसेको प्रहरीले जनाएको छ ।

बा १२ च ६५९४ नम्बरको मारुती मिनी डेलिभरी भ्यान काभ्रेको पनौती नगरपालिका–१०, पस्थलीका करिब २२–२३ वर्षका नवराज खुलालले चलाएका थिए । सो भ्यान सडकबाट करिब ५० मिटर तल सुनकोशी नदीमा खसेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रहरी प्रमुख रामेश्वर कार्कीले जानकारी दिए ।

चौतारा साँगाचोकगढी–१०, सुकुटेमा रहेको सिन्धु दुग्ध डेरीको दूध संकलनका लागि सुकुटेबाट खाडिचौरतर्फ जाँदै गरेको उक्त गाडीमा चालक मात्र सवार रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

घटनापछि प्रहरी चौकी बलेफीबाट प्रहरी नायब निरीक्षक सुरेश प्रसाद गुप्ताको कमाण्डमा ४ जनाको टोली खटिएको छ । चालकको खोजतलास जारी छ ।

DamakTown News

About Author

Leave a comment

Your email address will not be published. Required fields are marked *

You may also like

Uncategorized

Hello world!

Welcome to WordPress. This is your first post. Edit or delete it, then start writing!
Uncategorized

झापामा कुखुरासँग करणी गर्ने ६० वर्षीय पुरुष पक्राउ, पोथीको मृत्यु

विर्तामोड । झापामा एक व्यक्ति कुखुरालाई करणी गर्दा गर्दै पक्राउ परेका छन् । झापाको हल्दिवारी गाउँपालिका ४ जलथल निवासी ६०