HomeUncategorizedकमल-५ मङ्गलबारेमा ऐतिहासिक एकादशी मेला सम्पन्न

कमल-५ मङ्गलबारेमा ऐतिहासिक एकादशी मेला सम्पन्न

Date:

झापा । बडादसैंको अवसर पारेर कमल गाउँपालिका–५ मङ्गलबारेमा आज ऐतिहासिक एकादशी मेला सम्पन्न भएको छ । पाडाजुङ्गीदेखि दक्षिणतर्फको मङ्गलबारे बजार क्षेत्रमा आयोजना गरिएको मेलामा ठूलो संख्यामा स्थानीयवासीहरूको सहभागिता रहेको थियो ।

कार्यक्रमको सुरुवात जेनजि आन्दोलनका सहिदहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै गरिएको थियो ।

सगुन क्लबको आयोजनामा सम्पन्न मेलामा प्रमुख अतिथि कमल गाउँपालिकाका अध्यक्ष हुकुमसिंह राई रहेका थिए भने विशिष्ट अतिथिमा कमल–२ का अध्यक्ष अशोक सुब्बा सहभागी भएका थिए । कार्यक्रममा क्लबका अध्यक्ष देवी आङदेम्बेले अध्यक्षता गरेका थिए भने सञ्चालन सचिव रोशन दाहालले गरेका थिए ।

स्थानीय संस्कृति, परम्परा र पहिचानको संरक्षणमा यो मेलाले महत्वपूर्ण योगदान दिँदै आएको आयोजक समितिले जनाएको छ ।

४७ वर्षदेखि निरन्तर हुँदै आएको मङ्गलबारे मेलाले समुदायबीच आपसी मेलमिलाप, ऐक्यबद्धता र सामाजिक सम्बन्धलाई अझ मजबुत बनाउँदै आएको क्लबका सचिव दाहालले बताए ।

Latest stories

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here