Homeस्थानियकमल नगर अस्पतालमा MSS सम्बन्धी अभिमुखीकरण, समीक्षा तथा सुदृढिकरण कार्यक्रम सम्पन्न

कमल नगर अस्पतालमा MSS सम्बन्धी अभिमुखीकरण, समीक्षा तथा सुदृढिकरण कार्यक्रम सम्पन्न

Date:

झापा । कमल नगर अस्पतालमा “न्यूनतम सेवा मापदण्ड (MSS) सम्बन्धी अभिमुखीकरण, समीक्षा, अनुगमन तथा सुदृढिकरण कार्यक्रम” सफलतापूर्वक सम्पन्न भएको छ।

स्वास्थ्य सेवाको गुणस्तर अभिवृद्धि गर्दै सेवाग्राहीमैत्री अस्पताल निर्माण गर्ने उद्देश्यसहित सञ्चालन गरिएको यस कार्यक्रमले अस्पतालको समग्र सेवा प्रणालीलाई थप प्रभावकारी बनाउने अपेक्षा गरिएको छ।

स्वास्थ्य कार्यालय झापाको आयोजनामा पौष ०३ र ०४ गते कमल नगर अस्पतालमा दुई दिनसम्म सञ्चालन भएको कार्यक्रममा अस्पतालका चिकित्सक, नर्स, स्वास्थ्यकर्मी तथा अन्य कर्मचारीहरूको उल्लेखनीय सहभागिता रहेको थियो। साथै, वडा सदस्य भिम सिंह कार्की तथा कमल नगर अस्पताल सञ्चालन तथा व्यवस्थापन समितिका पदाधिकारीहरूको सक्रिय उपस्थितिले कार्यक्रमलाई अझ प्रभावकारी बनाएको थियो।

कार्यक्रम अवधिभर न्यूनतम सेवा मापदण्ड (MSS) का सूचक तथा मापदण्डका आधारमा अस्पतालको विस्तृत समीक्षा, अनुगमन तथा स्कोरिङ गरिएको थियो। यस प्रक्रियाबाट अस्पतालको वर्तमान सेवा अवस्था, पूर्वाधार, व्यवस्थापन प्रणाली तथा सुधार आवश्यक क्षेत्रहरूको स्पष्ट पहिचान गर्न सहयोग पुगेको जनाइएको छ।

कार्यक्रमको सहजिकरण स्वास्थ्य कार्यालय झापाका कार्यक्रम फोकल पर्सन विश्वनाथ श्रेष्ठले गर्नुभएको थियो। उहाँले MSS का मापदण्ड, यसको व्यवहारिक महत्व, कार्यान्वयनका चुनौती तथा सुधारका उपायबारे स्पष्ट र बोधगम्य प्रस्तुति दिनुभएको थियो।

कार्यक्रमको समापन अवसरमा अस्पताल सञ्चालन तथा व्यवस्थापन समिति सदस्य चक्र गुरुङले समितिको तर्फबाट धारणा राख्दै आगामी दिनमा अझ गुणस्तरीय, प्रभावकारी र सेवाग्राहीमैत्री स्वास्थ्य सेवा प्रवाह गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। उहाँले यो कार्यक्रम सिकाइमूलक, व्यवहारिक र अत्यन्त उपयोगी रहेको समेत उल्लेख गर्नुभयो।

यस प्रकारका कार्यक्रमहरूले कमल नगर अस्पतालको सेवा स्तर उकास्न, स्वास्थ्यकर्मीहरूको क्षमता विकास गर्न तथा अस्पताल व्यवस्थापन प्रणालीलाई दिगो र सुदृढ बनाउन महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास गरिएको छ।

Latest stories

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here