HomeUncategorizedकमल नगर अस्पतालमा नियमित दन्त सेवा : गाउँमै सहज, सुरक्षित र गुणस्तरीय...

कमल नगर अस्पतालमा नियमित दन्त सेवा : गाउँमै सहज, सुरक्षित र गुणस्तरीय उपचार

Date:

झापा । स्वास्थ्य सेवा गाउँघरमै भन्ने उद्देश्यका साथ कमल नगर अस्पतालले हरेक आइतबार र बिहीवार नियमित रूपमा दन्त (Dental) उपचार सेवा सञ्चालन गर्दै आएको छ। यस सेवाबाट स्थानीय बासिन्दाहरूले अत्याधुनिक दन्त उपचार सहज रूपमा पाउँदै आएका छन्।

यो सेवा दमक हस्पिटल एण्ड रिसर्च सेन्टर, दमकको प्राविधिक सहयोगमा सञ्चालन हुँदै आएको हो। बिहीवार सम्पन्न कार्यक्रममा डा. सायरा ढकाल र उहाँको दक्ष प्राविधिक टोलीले सेवा प्रदान गर्नुभएको थियो।

दमक हस्पिटल एण्ड रिसर्च सेन्टरका डा. सिपी गैरे, डा. हेमराज गैरे र डा. सायरा ढकाल सहितको टोलीले हरेक हप्ता आइतबार र बिहीवार गाउँमै उपस्थित भई उपचार सेवा दिँदै आएका छन्।

कमल नगर अस्पतालमा अत्याधुनिक डेन्टल चेयर, आधुनिक उपकरण र निपुण दन्त विशेषज्ञहरूको टोली सहित यो सेवा नियमित रूपमा सञ्चालनमा छ।

यसबाट गाउँका बासिन्दाहरूले अब टाढासम्म अस्पताल धाउन नपरी आफ्नै गाउँमै गुणस्तरीय दन्त उपचार सहज रूपमा पाउने अवसर पाएको पालिका अध्यक्ष हुकुम सिंह राईले बताए ।

सेवाका क्रममा दाँतको दुखाइ, दन्त फोहरा, माउथ क्लिनिङ, दन्त सर्जरी, दाँत भर्ने तथा निकाल्ने लगायतका विविध उपचारहरू प्रदान गरिँदै आएका छन्।

यसले स्वास्थ्य सचेतना र मुख स्वच्छताको महत्वबारे जनचेतना फैलाउन पनि महत्वपूर्ण भूमिका खेलिरहेको २ नं. वडा अध्यक्ष अशोक सुब्बाले जानकारी दिए।

Latest stories

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here