Homeस्थानियकमल गाउँपालिकामा ईसाई समाजद्वारा रक्तदान कार्यक्रम सम्पन्न

कमल गाउँपालिकामा ईसाई समाजद्वारा रक्तदान कार्यक्रम सम्पन्न

Date:

बिर बहादुर तामाङ, कमल – कमल गाउँपालिका ईसाई समाजको आयोजनामा पुस ३ गते बिहीबार नेपाल रेडक्रस सोसाइटी, दमक शाखाको प्राविधिक सहयोगमा केर्खा बजारमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ।

उक्त रक्तदान कार्यक्रममा प्रयोग गरिएको ब्यानरमा “किनकि जीवधारीको प्राण त्यसको रगतमा हुन्छ” (लेवी १७:११) उद्धृत गरिएको थियो।

पास्टर विक्रम सेनेहाङले रक्तदानलाई जीवनदान र महादानको रूपमा वर्णन गर्नुभयो। उहाँले पवित्र शास्त्र बाइबलले जीवधारीको प्राण त्यसको रगतमा हुन्छ भनी उल्लेख गरेको कारणले ख्रीष्टियनहरूले रगत नखाने प्रथा पालना गर्ने र चिकित्सकहरूले पनि रगत नखाने लाभदायी हुने बताउने कुरा साझा गर्नुभयो। साथै , रगतद्वारा पापको मोचन येशू ख्रीष्टको रगतबाट मात्र सम्भव रहेको र येशू ख्रीष्ट संसारको पाप लिने परमेश्वरको छोरा हुनुहुन्छ भन्ने कुरा बताउनुभयो।

रक्तदान कार्यक्रममा ४१ व्यक्तिले रक्तदान गरेका थिए, जसमा ३१ पुरुष र १० महिला रहेको सहसचिव सागर राईले जानकारी दिनुभयो।

नेपाल रेडक्रस सोसाइटी, दमक शाखाका अधिकृत शिद्धार्थ दाहालले कमल ईसाई समाजद्वारा आयोजित रक्तदान कार्यक्रम प्रति धन्यवाद व्यक्त गर्दै आगामी दिनमा पनि निरन्तर सहकार्य जारी रहोस् भन्ने शुभकामना व्यक्त गर्नुभयो। प्राविधिक सहयोगका लागि शाखा अधिकृत दाहाललाई समाजका अध्यक्ष पास्टर प्रताप बिकले ‘टोकन अफ लभ’ हस्तान्तरण गर्नुभयो।

कार्यक्रमको अन्त्यमा समाजका अध्यक्ष पास्टर विकले उपस्थित अतिथि, रक्तदाता र रेडक्रस सोसाइटीलाई धन्यवाद दिनुभएको थियो। कार्यक्रम सञ्चालन समाजका सचिव पास्टर दीपक राईले गर्नुभएको थियो।

Latest stories

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here