HomeUncategorizedकमल गाउँपालिकाका डुबान प्रभावितलाई राहत वितरण

कमल गाउँपालिकाका डुबान प्रभावितलाई राहत वितरण

Date:

झापा । अविरल वर्षाका कारण आएको बाढीबाट डुबानमा परेका झापाको कमल गाउँपालिकाका बासिन्दालाई आइतबार राहत वितरण गरिएको छ।

कमल गाउँपालिका र नेपाल रेडक्रस सोसाइटी कमल उपशाखाको समन्वयमा राहत वितरण गरिएको हो। गाउँपालिकाको वडा नं. ७ का २६ प्रभावित परिवारलाई ५ देखि ७ केजीसम्म चामलसहित दाल, नुन, तेल, सोयाबिन, जिरा, बेसार, भाँडाकुडा लगायतका सामग्री वितरण गरिएको गाउँपालिकाका प्रमुख प्रशासनिक अधिकृत केशवकुमार ढकालले जानकारी दिनुभयो।

राहत वितरणपछि कमल गाउँपालिकाका अध्यक्ष हुकुमसिंह राईले भन्नुभयो, “अहिले तत्कालका लागि गाउँपालिकाको तर्फबाट सकेको सहयोग गरेका छौँ। आगामी दिनमा क्षतिको मूल्यांकनका आधारमा वडाको सिफारिस अनुसार गाउँपालिका र रेडक्रसको सहकार्यमा क्षति पुगेका घरहरूको मर्मतसमेत गरिनेछ।”

रतुवा खोलाको बाढीका कारण गाउँपालिकाको वडा नं. ७ अन्तर्गत लालपानीदेखि दक्षिण झर्काहा क्षेत्रसम्म ठूलो क्षति पुगेको छ। बाढीबाट कुल २१५ घरधुरी प्रभावित भएका छन्, जसमा २६ घर अत्यन्त जोखिमपूर्ण अवस्थामा रहेको जनाइएको छ।

Latest stories

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here