HomeUncategorizedकमल अस्पतालमा एनएमबी बैंकद्वारा प्रतीक्षालय निर्माण, सेवाग्राहीलाई सहजता

कमल अस्पतालमा एनएमबी बैंकद्वारा प्रतीक्षालय निर्माण, सेवाग्राहीलाई सहजता

Date:

झापा । कमल–०२, तोपगाछी अवस्थित कमल नगर अस्पतालमा बिरामी तथा कुरुवाहरूको सहजताका लागि निर्माण गरिएको प्रतीक्षालय (कुरुवा घर)लाई अझ व्यवस्थित र रोगीमैत्री बनाउन पहल सुरु गरिएको छ।

२०८० साल जेठ ४ गते एनएमबी बैंक, कमल शाखाले रु. १ लाख ८० हजार लागतमा निर्माण सम्पन्न गरी औपचारिक रूपमा कमल गाउँपालिका अध्यक्ष हुकुमसिंह राईलाई हस्तान्तरण गरेको थियो। उक्त प्रतीक्षालयले अस्पताल सेवाग्राहीलाई ठूलो सहजता पुर्‍याएको छ।

अध्यक्ष राईको नेतृत्वमा स्वास्थ्य पूर्वाधार विस्तार

प्रतीक्षालय निर्माण कार्यलाई सफल बनाउन महत्वपूर्ण भूमिका निर्वाह गरेका अध्यक्ष राईले गाउँपालिकामा स्वास्थ्य सेवाको पहुँच र गुणस्तर वृद्धि गर्न निरन्तर प्राथमिकता दिँदै आउनुभएको छ। उहाँकै नेतृत्व र सक्रिय पहलमा अस्पतालको सेवा विस्तार, पूर्वाधार सुधार र व्यवस्थापनमा निरन्तर नयाँ काम हुँदै आएको सेवाग्राहीहरूले बताएका छन्।

वडा अध्यक्ष सुब्बाको सुझाव

अस्पताल व्यवस्थापन समितिका सदस्यसमेत रहेका कमल–२ का वडा अध्यक्ष अशोक सुब्बाले प्रतीक्षालय सेवाग्राहीका लागि निकै उपयोगी भएको बताए। तर अझ सुविधा पु-याउनका लागि उहाँले “बस्ने ठाउँ व्यवस्थित गर्ने र पंखा जडान गर्न आवश्यक छ” भन्ने सुझाव दिएका छन्। आज वडा अध्यक्ष सुब्बा र एनएमबी बैंक केर्खा शाखा प्रमुख चित्र न्यौपानेबीचको भेटमा उहाँले सो सुझाव राखेका हुन्।

बैंक प्रबन्धकको प्रतिवद्धता
अवलोकनका क्रममा एनएमबी बैंक, केर्खा शाखाका प्रबन्धक चित्र न्यौपानेले सो सुझावलाई सकारात्मक रूपमा लिँदै दशैंअघि नै, नभए दशैं–तिहार सकिनासाथ आवश्यक संरचना थप गर्ने प्रतिवद्धता जनाउनुभयो। उहाँले अस्पताललाई निरन्तर सहयोग गर्ने र रोगीमैत्री वातावरण बनाउन बैंक तत्पर रहने बताए।

सेवाग्राहीको प्रतिक्रिया
अस्पतालमा उपचारका लागि आउने बिरामी र कुरुवाहरूले प्रतीक्षालय बनेपछि ठूलो सहजता भएको बताएका छन्। वर्षा र गर्मी मौसममा बस्न र पर्खन पर्ने समस्या धेरै घटेको उनीहरूको भनाइ छ। अझै थप सुविधा जडान भएपछि प्रतीक्षालय अस्पतालकै आकर्षण बन्ने विश्वास गरिएको छ।

अध्यक्ष हुकुमसिंह राईको नेतृत्व, वडा अध्यक्ष अशोक सुब्बाको सुझाव र एनएमबी बैंकको सामाजिक उत्तरदायित्वपूर्ण पहलको परिणामस्वरूप बनेको यो प्रतीक्षालय हाल अस्पताल सेवामा महत्वपूर्ण उपलब्धि बनेको छ।

आगामी दिनमा थप सुधार र सुविधासहित यसले बिरामी तथा कुरुवाहरूलाई अझ सहज र आरामदायी वातावरण दिने अपेक्षा गरिएको छ।

Latest stories

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here