
कन्काई नदिमा बाढी बढ्न थालेसँगै कटान क्षेत्रमा बाढी पस्ने खतरा बढेको छ । यस अघि असोज महिनामा आएको बाढीले कटान गरेको गौरीगंजको रंगियाथान दक्षिण पश्चिम क्षेत्रमा बाँध फुटन लागेकाले दक्षिणी क्षेत्रमा सचेत रहन महाभारा प्रहरी चौकीले सूचना जारी गरेको चौकीका प्रमुख प्रहरी सहायक निरीक्षक सरोज रेग्मीले जानकारी दिनु भएको छ ।
यता दुई दिन देखि परेको बर्षासँगै आएको बाढीले कन्काइ नदिको जल सतह खतराको तहमा पुगेको छ । नदिको इलामको चिसापानीमा राखेको मापन केन्द्रमा पानीको सतह ४ बजेर ४० मिनेटमा ४ दशमलव १८ पुगेको छ । सो मापन केन्द्रमा ४ देखि माथि पानीको सतह बढे पछि खतराको संकेत हुने जल तथा मौषम विज्ञान विभाग बाढी पूर्मानुमान महाशाखाले जनाएको छ । बाढीको सतह बढेसँगै नदि तथा खोला तटीय क्षेत्रमा सचेत रहन महाशाखाले आग्रह गरेको छ । महाशाखाका अनुसार कोशी प्रदेशमा मोरङको हरैंचा र झापाको शनिश्चरे तथा अनारमनी क्षेत्रमा भारी बर्षा भएकाले खतरा रहेको बताइएको छ ।
गएको असोज १९ र २० गते आएको बाढीले झापाको सवै भन्दा धेरै झापा र गौरीगंज गाउँपालिकामा क्षति भएको थियो ।


