
काठमाडौं । गुण्डागर्दीमा संलग्न रेस लामा तरबारले केक काटेर टिकटकमा भिडियो पोस्ट गर्दै आतङ्क मच्चाएको आरोपमा २०८१ माघ २४ मा पक्राउ परेका थिए । आफूलाई रेस लामा भनेर चिनाउने गोपाल मोक्तान ६ महिनापछि फेरि पक्राउ गरेका छन् ।
आइतबार साँझ उनलाई प्रहरी वृत्त गौशालाबाट खटिएको टोलीले चाबहिलस्थित एवान क्याफेबाट पक्राउ गरेको हो । भदौ ४ मा काठमाडौँ महानगरपालिका–९ बत्तिसपुतलीमा सञ्चालित बाजेको सेकुवामा एकराज कार्की ‘जनक’लाई कुटपिट गरेको उनीमाथि आरोप छ ।
जनकलाई रेसले २ लाख ८० हजार तिर्नुपर्ने थियो । तर, सो रकम माग्दा रेसले उल्टै कुटपिट गरेको पीडितको आरोप छ ।

