HomeUncategorizedइन्डोनेशियामा ६.२ म्याग्निच्युडको शक्तिशाली भूकम्प

इन्डोनेशियामा ६.२ म्याग्निच्युडको शक्तिशाली भूकम्प

Date:

काठमाडौँ —इन्डोनेशियामा बुधबार बिहान ६ दशमलव २ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ । भूकम्पबाट अहिलेसम्म कुनै मानवीय क्षति भने नभएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले उल्लेख गरेका छन् ।

इन्डोनेशियाको मौसम, विज्ञान, जलवायु र भू–भौतिकी एजेन्सीले इन्डोनेशियाको सुलावेसी द्वीपमा भूकम्प गएको पुष्टि गरेको छ । यद्यपि अधिकारीहरुले भूकम्पपछि कुनै प्रकारको सुनामीको खतरा नभएको बताएका छन् ।

यो भूकम्प हालैका दिनमा आएका भूकम्पहरुमध्ये दोस्रो ठूलो हो । भूकम्पको झड्कापछि प्राय समुद्रमा सुनामी आउने गर्छ । यस यो भूकम्पको त्यस्तो कुनै असर नदेखिएको अधिकारीहरुले बताएका छन् ।

गत साता मात्रै इन्डोनेशियाको मालुकु द्वीप समूहनजिक बान्दा सागरमा १३७ किलोमिटर गहिराईमा ६ दशमलव ६ म्याग्निच्युडको भूकम्प गएको थियो ।

Latest stories

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here