
मोरङ। आमाको मृत्युको वार्षिकी नपुग्दै दुईजना जुम्ल्याहा छोराको पनि निधन भएपछि गाउँ शोकमा डुबेको छ।मोरङको केरावारी–९ भलुवा घर भई हाल बेलबारी–३ बसोबास गर्ने परिवारमा यो दर्दनाक घटना घटेको हो।
आमाको निधनपछि १५ दिनभित्रै जुम्ल्याहा दाजुभाइ हरिप्रसाद लिङदेन र हरिचन्द्र लिङदेनको मृत्यु भएपछि भलुवा गाउँ स्तब्ध बनेको छ।
आमाको निधनपछि घरमा बिजुवा (धामी) बोलाउँदा ‘दुई दाजुभाइ चाहिन्छ’ भन्ने कुरा आएको थियो। त्यतिबेला दुबै जुम्ल्याहा दाजुभाइ विदेशमा थिए। दशैं मनाउन दाजु नेपाल फर्केका थिए, तर घर आएर चार दिनमै उनको निधन भयो।
धार्मिक परम्परा अनुसार गर्दा बिजुवाको आत्मा दाजुको शरीरमा आएको र उनले भनिएको थियो, “म आफ्नो भाइलाई धेरै माया गर्छु, उसलाई पनि सँगै लैजान्छु।”
त्यो कुरा सुन्दा सबैले विश्वास गर्न सकेनन्, तर केही दिनमै बहराइनमा रहेका भाइको पनि निधन भयो।
यो रहस्यमय घटनाले परिवार र गाउँ दुवैलाई शोकमा मात्र होइन, अचम्ममा पनि पारेको छ। स्वर्गीय दुवै दाजुभाइको उमेर ५९ वर्ष थियो।

