HomeUncategorizedआन्दोलन नरोकिने घोषणा गर्दै आएका प्रसाईं मध्यरातमा घरबाटै पक्राउ

आन्दोलन नरोकिने घोषणा गर्दै आएका प्रसाईं मध्यरातमा घरबाटै पक्राउ

Date:

काठमाडौं । आगामी मंसिर ७ गते देशव्यापी आन्दोलन घोषणा गर्दै आएका मेडिकल व्यवसायी तथा राजावादी अभियन्ता दुर्गा प्रसाईं पक्राउ परेका छन्। उनलाई प्रहरी टोलीले भक्तपुरको ठिमीस्थित निवासबाटै नियन्त्रणमा लिएर जिल्ला प्रहरी परिसर, काठमाडौंको भद्रकालीस्थित कार्यालयमा पेश गरिएको छ।

प्रसाईंले शान्ति सुरक्षामा खलल पुर्‍याउन खोजेको आरोपमा प्रहरीले पक्राउ गरेको जनाएको छ। उनले सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गरी आन्दोलन कुनै हालतमा नरोकिने घोषणा गर्दै, मेची–महाकालीसम्म देश ठप्प पार्ने चेतावनी दिएका थिए।

अन्तरिम सरकारले प्रसाईंले गरेको आह्वानका कारण हिंसा र असुरक्षा बढ्ने सम्भावना रहेको भन्दै उनलाई रोकथामस्वरूप नियन्त्रणमा लिएको बताइएको छ।

Latest stories

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here