Homeसमाचारआईसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोटको उपाधि बंगलादेशलाई

आईसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोटको उपाधि बंगलादेशलाई

Date:

काठमाडौं । आईसीसी महिला टी-२० विश्वकप ग्लाबेल छनोटको उपाधि बंगलादेशले जितेको छ।

बंगलादेश ग्लोबल छनोटमा अपराजित रहँदै च्याम्पियन बनेको हो। बंगलादेशले समूह चरण र सुपर सिक्सको सबै खेल जित्दै उपाधि चुमेको हो।

त्यस्तै, आयरल्यान्ड, नेदरल्यान्ड्स र स्कटल्यान्डले पनि महिला टी-२० विश्वकपमा स्थान बनाएका छन्।

गत माघ ५ गते नेपालमा सुरु भएको सो विश्वकप ग्लोबल छनोटमा नेपालसहित कूल १० राष्ट्रले सहभागिता जनाएका थिए। यी १० राष्ट्रमध्ये शीर्ष चार टोलीले महिला विश्वकप खेल्ने भएका हुन्। जस अनुसार बंगलादेश च्याम्पियन बन्दै स्टकल्यान्ड, नेदरल्यान्ड्स र आयरल्यान्डले सहभागीता जनाउन लागेका हुन्।

उनीहरुले अब जुनमा इंग्ल्यान्ड र वेल्सले संयुक्त रुपमा आयोजना गर्ने विश्वकपमा प्रतिस्पर्धा गर्नेछन्।

Latest stories

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here