
सुनसरी । सुनसरीको इटहरी उप–महानगरपालिका–३ डाँडागाउँ टोलबाट प्रहरीले ठूलो परिमाणको अवैध गाँजासहित दुईजनालाई पक्राउ गरेको छ। विशेष सूचनाका आधारमा कार्तिक २७ गते अस्थायी प्रहरी चौकी तालतलैयाबाट खटिएको टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको हो।
प्रहरीका अनुसार इटहरी–३ की कल्पना राईको घरमा रहेको प्रदेश १–०२–००३ ह ९०५५ नम्बरको सिटी सफारीमा गाँजा लोड भइरहेको अवस्थामा कल्पना राई र भोजपुर रामप्रसादराई गाउँपालिका–७ घर भई सोही घरमा बस्दै आएका मनोज राईलाई समातिएको हो। उनीहरूले प्रयोग गरेको प्लास्टिकको पोकाबाट ९८ किलोग्राम गाँजा बरामद गरिएको प्रहरीले जनाएको छ।
पक्राउ परेका दुुवैजनामाथि आवश्यक थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।

