Homeसमाचारअटोरिक्सा दुर्घटना हुँदा १० जना घाइते

अटोरिक्सा दुर्घटना हुँदा १० जना घाइते

Date:

सल्यानमा सोमबार दिउँसो अटोरिक्सा दुर्घटना हुँदा १० जना घाइते भएका छन् ।

शारदा नगरपालिका १ श्रीनगरबाट खलंगा तर्फ आउँदै गरेको रा १ ह २१९५ अटोरिक्सा वडा २ खलंगास्थित खानेपानी तथा उर्जा विकास कार्यालयको क्वाटरनजिकै दुर्घटना भएको हो ।

घाइते भएका सबैको जिल्ला अस्पताल सल्यानमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी नायब उपरीक्षक डा. हेमबहादुर केसीले बताए। सोमबार दिउँसो ३ बजेतिर दुर्घटना भएको हो ।

चालकसहित ११ जना सवार अटोरिक्सा अनियन्त्रित भएर दुर्घटनामा परेको र सडकदेखि ५ सय मिटर तल खसेको हो। अटोचालक शारदा नगरपालिका ६ का २५ वर्षीय अर्जुन डाँगीलाई नियन्त्रणमा लिएको उनले बताए।

Latest stories

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here